काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिँदै बैंकले मातृभूमी साहित्य समाजसँग समन्वय गरी बार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा डा. नबराज लम्साललाई २०७७ फाल्गुन २९ गते सम्मानित गरेको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले रु. ५१,०००.०० (रु. एकाउन्न हजार) राशीको उक्त पुरस्कार रकम बराबरको चेकका साथै सम्मानपत्र डा.लम्साललाई हस्तान्तरण गर्नुभयो ।
साहित्यकार डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कवि तथा गजलकार उत्पादनमा पु¥याएको योगदानको कदर स्वरुप बैंकले उहाँलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।




























