काठमाडौं । भारत सरकारको नेरु। ३.५ करोड आर्थिक सहयोगमा ललितपुरस्थित जिल्ला सहकारी संघ लिमिटेडको लागि निर्माण गरिएको नयाँ सहकारी प्रवद्र्घन केन्द्र भवनको आज काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्यसी खम्पाले उद्घाटन गर्नुभयो ।
पूर्व अर्थ राज्य मन्त्री उदयराणा, सहकारी संघ लिमिटेड, ललितपुरका अध्यक्ष माधव दुलाल तथा संघका पदाधिकारी र जिल्ला समन्वय समितिका प्रतिनिधिहरुको उपस्थिति थियो।
‘नेपाल—भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित यस तीन तल्ले नयाँभवनमा बहुउद्देश्यीय बेसमेन्ट, ग्राउण्डरदोस्रो तल्ला छन्। पहिलो तल्ला खुल्ला बजारका लागि प्रयोग गरिने छ।
दोस्रो तल्लामा कार्यालय एव म्प्रशिक्षण कक्ष, बहुउद्देश्यीय हल, एउटा स्रोत केन्द्र तथा चमेना गृह रहने छ भने बहुउद्देश्यीय बेसमेन्टको एउटा खण्डमा पार्किङ्गको सुविधा हुनेछ। यो परियोजना उच्च प्रभाव सामुदायिक विकासप रियोजनाअन्तर्गत रहेकोछ र यसको कार्यान्वयन जिल्ला समन्वय समिति, ललितपुरले गरेको हो।
सन् २००३ यता भारतले नेपालमा ४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ जस मध्ये ललितपुर जिल्लाका ९ वटा परियोजना सहित ८४ वटा परियोजना प्रदेश नं ३ मा रहेको छ।
यी बाहेक भारतीय राजदूतावासले ललितपुर जिल्लाका विभिन्न स्वास्थ्य चौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थाहरुलाई १८ वटा एम्बुलेन्स र ९ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ।
सन् १९७२ मा स्थापित यस सहकारी संघ लिमिटेडको सदस्य समाजको रुपमा ७६५ वटा सहकारी रहेका छ न्भने तीन लाख पचास हजार भन्दा बढी सदस्यता रहेको छ। यस सहकारी संघको मुख्य उद्देश्य भन्नु नै सदस्य सहकारीको गतिविधिको नेतृत्व, समर्थन, समन्वय र प्रवद्र्घन गर्नुका साथै खेती किसानी गर्ने समुदायको विकास एव म्सुदृढीकरण गर्नुहो ।
यस नवनिर्मित सहकारी प्रवद्र्घन केन्द्रले सहकारी तथा यसका किसान सदस्यहरुको बजारीकरण क्षमता बढाउने अपेक्षा गरिएको छ। यस का साथै यसले किसान र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। कृषि जन्य उत्पादनको बजारीकरणमा विशेष रुचि राख्ने व्यक्तिहरुका लागि सो भवनले सूचना केन्द्रको रुपमा पनि काम गर्ने विश्वास लिइएको छ।
भारत नेपालको भरपर्दो विकास साझेदारको रुपमा रहेको छ। यस परियोजना मार्फत कृषि बजारीकरण क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा भारतीय राजदूतावासले थप बल प्रदान गरेको छ।
गत दुई वर्षमा भारतले ५९ जना कृषि वैज्ञानिक, किसान, जैविक खेती, माटो परीक्षण र मलखाद विज्ञान जस्ता क्षेत्रमाआबद्घ कृषि क्षेत्रका नीति निर्माणकर्तालाई दिल्लीको National Capital Region को शीर्षस्थ भारतीय कृषि केन्द्रहरुमा प्रशिक्षण दिइसकेको छ। दुवै देशका सरकारले नेपालमा नमुना पशु अस्पताल र पशु प्रयोगशाला स्थापना गर्ने बारे काम पनि गरिरहेका छन्।































