GB Koirala Banner Ad New

नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबिच सम्झौता

काठमाडौं । नेपाल बङ्गलादेश बैंक  र हिमाल डेन्टल हस्पिटलबिच सम्झौता सम्पन्न भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरुले हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा रहेका शाखाहरु तथा काठमाडौं बाहिरका शाखाहरुमा उपचार गराउंँदा खर्च भएको रकमको २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने गरि सम्झौता भएको हो ।

उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंकको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा हिमाल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेका हुन् । हाल नेपाल बङ्गलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।