GB Koirala Banner Ad New

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त

काठमाडौं  । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त डेपुटी गभर्नर पदमा ढुंगाना र श्रेष्ठ डेपुटी नियुक्त गरेको हो ।

ढुंगाना डेपुटी गभर्नर बन्ने पहिलो महिला हुन् । पाँच वर्ष अघि डेपुटी गभर्नर नियुक्त भएका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको म्याद आगामी १९ फागुनमा सकिएको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्छ । राष्ट्र बैंकमा रहेका १७ जना कार्यकारी निर्देशकमध्ये ६ जनालाई प्रतिस्पर्धीका रुपमा हेरिएको थियो ।