GB Koirala Banner Ad New

नबिल इन्भेष्टमेण्टले ल्यायो नारी दिवस विशेष योजना

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले नारी दिवसको अवसर पारेर शेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताहरुलाई लक्षित गरी आफुले लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत प्रथम वर्षको लागि लाग्ने बार्षिक शुल्क पूर्ण रुपमा छुट गरेको छ ।

यो योजना अँग्रेजी महिना मार्च अन्तिमसम्म रहने छ । शेयर बजारमा लगानी गर्न इच्छा रहेको तर शेयर बजारको बारेमा ज्ञान नभएका वा अन्य जो कोही महिला लगानीकर्ताहरुले यो सूबिधा प्राप्त गर्न सक्नेछन् ।

विभिन्न व्यवसायमा रहेका व्यवसायिहरु तथा शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसकेका लगानीकर्ताहरुलाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त गरी शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको लगानीको व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ ।

विगतका दिनहरुमा यस कम्पनीबाट लगानी व्यवस्थापन सेवा प्राप्त गरेका लगानीकर्ताहरुले राम्रो प्रतिफल प्राप्त गरेका धेरै उदाहरणहरु रहेका छन् । निश्चित बार्षिक शुल्कका साथ शुरु गर्न सकिने यो सेवा अँग्रेजी महिनाको मार्च अन्तिमसम्मका लागि महिला लगानीकर्ताहरुलाई पहिलो वर्षका लागि बार्षिक व्यवस्थापन शुल्क वापतको रकम पूर्ण छुट गरिएको छ ।