काठमाडौं । नेपाल हाइड्रो डेभलपरले १५% बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले बोनस घोषणा गरी साधारण सभाको मिति समेत तय गरेको छ ।
उक्त बोनस प्रस्ताव चैत १७ गते बस्ने वार्षिक साधारण सभामा पेश गरिनेछ । कम्पनीले आर्थिक वर्ष २०७४/०७५, ०७५/०७६ र ०७६/०७७ को वार्षिक साधारण सभा चैत १७ गते एकै दिन गर्न लागेको हो ।
नेपाल हाइड्रोले यसअघि २०७४/०७५ को नाफबाट ४५ बोनस सेयर दिने घोषणा गरेको थियो । तर विशेष कारणवस साधारण सभा हुन नसकेर पारित भने भएको थियो ।
उक्त ४५ बोनस समेत समावेश गरी अहिले १५% बोनस प्रस्ताव गर्न लागिएको कम्पनीले जानकारी गराएको छ । उक्त बोनसमा लाग्ने कर तिर्न ०.७९% नगद लाभांश पनि दिनेछ । सभाका लागि चैत ३ गतेदेखि १७ गतेसम्म बुक क्लोज हुनेछ । चैत २ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।




























