GB Koirala Banner Ad New

मूल्यवृद्धिले जनतालाई असर गर्ने कुरो अन्य देशमा कसरी बेहोरेको छ, अध्ययन गर्न जरुरी छ : मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मूल्यवृद्धिले जनतालाई असर गर्ने कुरो अन्य देशमा कसरी बेहोरेको छ, त्यसको अध्ययन गर्न जरुरी भएको बताउनुभएको छ ।

शनिबार नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न तथा घटाउन आफूले कहिँ पनि हस्तक्षेप नगरेको भन्दै अन्य देशको मूल्य कस्तो रहेको छ अध्ययनको जरुरी रहेको बताउनुभयो ।

‘जनतालाई मूल्यवृद्धिले असर गर्ने कुरो अन्य देशहरुमा कसरी बेहोरेको छ त्यसको अध्ययन गर्न जरुरी छु मन्त्री भट्टले भन्नुभयो, यसलाई अटोमेशनमा लैजाने भन्ने, फेरि मूल्यवृद्धि हुन नदिने हो भने त्यो अटोमेशनको अर्थ हुँदैन । मैले कहिँ पनि त्यो हस्तक्षेप गरेको छैन ।’

भारतमा मूल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पदार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उहाँको भनाइ छ । मन्त्री भट्टले निर्माण नचाहाने र ध्वंस चाहाने, विनाश चाहाने प्रवृति आफूहरु भित्रै रहेको भन्दै त्यस्तो प्रवृतिको विरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो ।

यस्तै मन्त्री भट्टले आयल निगम लगायतका सरकारी कर्मचारीहरुले सरकार विरुद्ध सडकमा जाने गरेको उल्लेख गर्दै कति ठिक र कति बेठिक हो आत्मानुशासन हो कि होइन समिक्षा गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।

कर्मचारीहरुको दायित्व र कर्तव्य संस्थालाई बलियो बनाउने र कमीकमजोरीलाई सच्याउन सहयोग गर्ने भन्दै उहाँले आगामी दिनमा नीति, योजना कस्तो बनाउने हो त्यसबारे मन्त्रालयलाई सहयोग गर्न समेत सुझाउनुभयो ।