GB Koirala Banner Ad New

लेवान्डोस्की ह्याट्रिकमा डर्टमुन्डमाथि बायर्नको सहज जित

एजेन्सी । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले ओसासुनामाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई उसैको मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा जोर्डी अल्वा र इलाइक्स मोरिवाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो ।

खेलको ३० औँ मिनेटमा जोडी अल्वाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गरेका थिए ।

८३ औं मिनेटमा सव्सिच्युट मोरिवाले मेस्सीकै पासमा गोल गर्दै बार्सिलोनालाई २–० को सहज जित दिलाए । मोरिवा ६७औं मिनेटमा सर्जियो बुस्क्वेट्सको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यो जितसँगै बार्सिलोनाले २६ खेलबाट ५६ अंक जोडेको छ । दुई कम खेलेको एट्लेटिको म्याड्रिड ५८ अंकसहित शीर्षस्थानमा रहेको छ । पराजित ओसासुना २८ अंक जोडेर १३औ स्थानमा छ ।