काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना विरुद्धको खोप लगाउँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले खोप लगाएपछि आज दोस्रो चरणको खोप अभियानको सुरुवात हुनेछ ।
खोप लगाउन प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुग्ने कार्यक्रम छ । दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेका ७० वर्षका प्रधानमन्त्री ओली उमेर समूहका दृष्टिले पनि कोरोना भाइरसको जोखिम समूहमा पर्नुहुन्छ ।
प्रधानमन्त्री ओलीलाई खोप लगाउँदा कुनै खतरा नहुने विज्ञले बताएका छन् । कोरोनाको खोपबारे केही अन्योल देखिएकाले ज्येष्ठ नागरिकलाई हौसला र प्रोत्साहन दिनका लागि प्रधानमन्त्री ओलीले खोप लगाउन लाग्नु भएको हो ।































