काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १०% बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १०% बोनस सेयर दिने निर्णय गरेको हो ।
कम्पनीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी भने कुनै पनि निर्णय गरेको छैन । तसर्थ, बोनसमा लाग्ने कर तिर्ने झन्झट भने सेयरधनी आफैले व्यहोर्नुपर्नेछ । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।


























