GB Koirala Banner Ad New

महालक्ष्मीविकास बैँकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे आर्थिक वर्ष २०७६/०७७ को वासलात नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई सञ्चालक समितिको २०७७ फाल्गुन २० गते बसेका बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई ८.८०%  का दरले बोनस सेयर तथा ०.४६% नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशत वितरण गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै बैंकको साधारण सभा २०७७ चैत्र १३ गते भर्चुवल माध्यमबाट गर्नको लागि सुचना समेत प्रकाशित भई सकेको छ । साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुलाई बोनस सेयर वितरण गरिने छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको, तथा ३४ वटा एटिएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडको ५ लाखभन्दा बढी ग्राहक संख्या रहेको छ ।